वीरगन्जबाट लागूऔषध चरेशसहित एक भारतीय नागरिक पक्राउ


eShilalekh

२ आश्विन २०८१, बुधबार १२:५१

वीरगन्जः पर्सा प्रहरीले झण्डै तीन किलो लागूऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश अगराका ४२ वर्षीय गोपाल गिरी रहेका छन् ।

वीरगन्ज महानगरपालिका २ स्थित डम्पिङ साइड क्षेत्रमा लागुऔषधको कारोवार भईरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरी टोलीले गिरीलाई चरेशसहित पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिएका छन् ।

सूचनाको आधारमा गिरीले बोकेको प्लाष्टिकको झोलाबाट दुई किलो नौ सय ६० ग्राम लागूऔषध चरेश बरामद भएको प्रवक्ता भारतीको भनाई छ । प्रहरीले गिरीलाई लागूऔषध कसुरमा अनुसन्धान सुरु गरेको समेत भारतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्