जीतपुरको गढीमाई मन्दिरमा दशैं मेलाको तयारी तिव्र


eShilalekh

३ आश्विन २०८१, बिहीबार १८:१६

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा रहेको गढीमाई मन्दिरमा दशैं मेलाको तयारी शुरु भएको छ ।

हरेक बर्ष घटस्थापनाका दिनदेखी महानवमीसम्म धुमधामका साथ लाग्ने दशैं मेलालाई व्यवस्थित बनाउन यस बर्षपनि विभिन्न समितिहरु गठन गरी तयारी अघि बढाईएको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अध्यक्ष रोशन चौधरीको नेतृत्वमा दशैं मेलाको तयारी शुरु भएको छ । समितिका कोषाध्यक्ष कृष्ण चौधरीका अनुसार असोज १७ गते घटस्थापनाका दिनबाट शुरु हुने मेलामा असोज २४ गते खिर भोजन गराउने र २५ गते महानवमीका दिन पूजाको आयोजना गरिनेछ ।

मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन समितिले स्थानीयबासी एवम् सरोकारवाला निकायसंग अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्