उद्यमशील सहकारी डुमरवानाको सेवा अब आफ्नै भवनबाट


eShilalekh

३ आश्विन २०८१, बिहीबार १८:४२

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना सुन्दरबस्ती स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट सेवा शुरु गरेको छ । संस्थाको १२ औं बार्षिक साधारण सभाको अवसरमा विहिबार नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ ।

भारतीय गोरखा सैनिकबाट अवकास प्राप्त स्वर्गीय समाजसेवी कञ्चनबहादुर गुरुङको अगुवाईमा भूतपूर्व सैनिकहरु संगठीत भएर १२ बर्ष अघि स्थापना भएको उद्यमशील सहकारीले हाल ६ सय ५० शेयर सदस्यकाबीचमा करिब साढे आठ करोडको कारोबार गरिरहेको छ । संस्थाले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्षेत्रमा सहकार्य एवम् सदस्य केन्द्रीत सीपमूलक तालिम समेत सञ्चालन गरिरहेको छ ।

साधारण सभाको अवसर पारेर संस्थाका लागि विशेष सहयोग गर्ने धनबहादुर तामाङ, तेजनारायण थारु र चुलीयादेवी थरुनी, उत्कृष्ट कारोबारकर्ता मैया राई, उत्कृष्ट व्यवसायी माया गुरुङ, दैनिक बचत तर्फ उत्कृष्ट बचतकर्ता पुष्पराज रिजाल, मासिक बचततर्फ उत्कृष्ट सन्तुमाया गुरुङ र बाल बचततर्फ उत्कृष्ट बचतकर्ताका रुपमा गायत्री रिमाललाई सम्मान गरिएको संस्थाका मुख्य व्यवस्थापक कृष्ण नेपालले जानकारी दिए ।

संस्थाका अध्यक्ष ओमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिका १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष राजुप्रसाद अधिकारी, हलखोरीया साझेदारी बन व्यवस्थापन समितीका रमेशकुमार भट्टराई, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सञ्जय साह, साना किसान कृषि सहकारी संस्थाकी शान्ती तामाङ, जीतपुरसिमरा १५ का वडा सदस्य मनमाया घले, मोहन लिम्बु, रामेश्वर खाँ थारुलगयतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्