कटहरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


eShilalekh

४ आश्विन २०८१, शुक्रबार १३:१०

सिमराः रौतहटको कटहरियामा गएराती मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटहरिया नगरपालिका ९ डुमरियाका अन्दाजी २६ वर्षीय रामजनम पासवान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

कटहरिया गम्हरीया सडक खण्डमा गएराति करिब सात बजे मधेश प्रदेश ०३–०२८ प ४९४१ नम्बरको मोटरसाईकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पासवानलाई उपचारका लागि कटहरिया लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाईएको थियो ।

उपचारको क्रममा पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पासवनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्