पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित


eShilalekh

४ आश्विन २०८१, शुक्रबार १५:४३

सिमराः नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

महासंघको नयाँ नेतृत्व चयनका लागि असोज १२ गते मतदानसहित निर्वाचन तालिका सार्वजनिक गरेको थियो । जसअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) तोकिएको थियो । सदस्यता विवादका कारण महासंघ ५० भन्दा बढी जिल्ला आन्दोलित बनेपछि महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए ।

केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ ।

सदस्यता शुद्धीकरणको विषयमा विवाद हुँदा नेपाल पत्रकार महासंघको महाधिवेशन प्रभावित भएको छ । विवाद चर्किएपछि महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्