कोल्हबीमा मृत भेटियो जंगली हात्ती


eShilalekh

६ आश्विन २०८१, आईतवार ०९:४१

सिमरा: बाराको कोल्हबीमा एउटा जंगली हात्ती मृत भेटिएको छ । कोल्हबी नगरपालिका २ भलुआईखोरमा हात्ती मृत भेटिएको हो ।

बस्ती नजिकैको जंगलमा हात्ती मृत अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले हात्ती भेटिएको स्थानलाई घेरा हालेर सुरक्षा दिईरहेको छ ।

हात्तीको मृत्यु भएको कारण खुल्न सकेको छैन । पर्सा राष्ट्रिय निकुञ्जबाट प्राविधिकसहितको टोली घटनास्थलतर्फ जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्