बाराका दुई पत्रकार प्रेस काउन्सिलको पत्रकारिता पुरस्कारबाट पुरस्कृत


eShilalekh

६ आश्विन २०८१, आईतवार २०:५०

सिमराः बाराका दुई पत्रकार प्रेस काउन्सिल नेपालले प्रदान गर्ने पुरस्कारबाट आइतबार पुरस्कृत भएका छन् । समाजवादी प्रेस संगठनकी केन्द्रीय सदस्य शारदा पोखरेल र नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव पुरस्कृत भएका हुन् ।

पोखरेल प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कार र यादव प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । दुवै पुरस्कारको राशी १० हजार नगद रहेको छ । पोखरेल रातोपाटी अनलाइनकी संवाददाता र यादव साझेदारी दैनिक सम्पादक हुन् ।

दुवैलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पुरस्कृत गरेका हुन् । प्रेस काउन्सिल नेपालको ५५औं वार्षिकोत्सवका अवसरमा उनिहरु पुरस्कृत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्