बदाफरमा जितिया पर्वको रौनक (तस्वीरहरु)


eShilalekh

८ आश्विन २०८१, मंगलवार २०:२३

सिमराः जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा जीतपुरसिमरा नगर कमिटीले मंगलबार वडा नं. १६ स्थित बदाफरमा थारु सांस्कृतिक महोत्सवको आयोजना गरेको छ ।

थारु कल्याणकारी सभा वडा नं. १६ को वडासमितिको व्यवस्थापनमा आयोजित महोत्सवमा थारु समुदायको संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रम, जेष्ठ नागरिक सम्मान, नृत्य प्रतियोगिताका लगायतको कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम स्थलमा बालबालिकाको मनोरञ्जनका लागि बालउद्यान समेत संचालन गरिएको थियो ।

मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, पूर्वउपप्रमुख सरस्वतीदेवी चौधरी, वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नं. ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी, वडा नं. १२ का वडाध्यक्ष श्यामबाबु खाँ, वडा नं. १३ का वडाध्यक्ष हेमनारायण चौधरीलगायत विभिन्न सामाजिक व्यक्तित्व र संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्