सर्लाहीमा गोली हानेर एक युवकले गरे श्रीमतीको हत्या


eShilalekh

१० आश्विन २०८१, बिहीबार ०९:२५

सिमरा: सर्लाहीको हरिपूर्वामा एक युवकले आफ्नै श्रीमतीलाई गोली हानी हत्या गरेका छन् । हरिपूर्वा नगरपालिका-५ का धिरेन्द्र रायले २३ वर्षीया चित्रलेखा यादवको गोली हानी हत्या गरेका हुन् ।

मध्यरातमा अर्का एक व्यक्तिसंग मोटरसाइकलमा आएका रायले श्रीमतीको कन्चटमा गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । चित्रलेखाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा रायका बुवा दिनेश यादव पनि घाइते भएका छन् । यादवको हातमा गोली लागेको छ । झगडा छुटाउन पुगेका बुवामाथी समेत रायले बन्दुक चलाएको प्रहरीको भनाइ छ ।

घटनालगत्तै राय फरार भएका छन्  । राय एक महिना अघि वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । पारिवारिक विवादका कारण घटना भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्