झ्याप्ले खोलाको पहिरोबाट १४ जनाको शव निकालियो


eShilalekh

१२ आश्विन २०८१, शनिबार २०:५०

सिमराः पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका माइक्रोबसबाट १४ जनाको शव निकालिएको छ । धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए ।

लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट पाँच जना र अर्को नम्बर नखुलेको बसबाट ९ जनाको शव निकालिएको हो ।

क्साभेटरको सहायताले खोजी गर्ने क्रममा १४ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एव्म प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पहिरोमा अरु बस पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।

देशभार बाढी र पहिरोमा परी ७६ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्