सिर्सिया नदीमा हाम फालेकी किशोरी बेपत्ता, खोजी कार्य जारी


eShilalekh

१३ आश्विन २०८१, आईतवार १४:३९

सिमराः पर्सा जिल्लाको वीरगञ्जस्थित सिर्सिया नदीमा आइतबार बिहान एक किशोरीले हाम फालेकी छिन् ।

हाम फाल्ने किशोरी बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २, खुटुवा निवासी १७ वर्षीय राधिका कुमारी दास रहेको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब ९ बजेतिर वीरगञ्ज महानगरपालिका अन्तर्गत रानीघाटस्थित पुलबाट हाम फालेपछि उनी बाढीको तेज बहावमा बेपत्ता भएकी छन् ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक भारतीका अनुसार, खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय बासिन्दासँगको सहकार्यमा प्रहरीको प्रयास जारी छ । अविरल वर्षाको कारण बाढीको बहाव उच्च भएको हुँदा खोजी कार्यमा चुनौती उत्पन्न भएको छ । खोजी कार्य जारी राखे पनि हालसम्म दासको कुनै सुराक फेला परेको छैन ।

खोजी कार्यका लागि थप सुरक्षाकर्मी परिचालित गरिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्