रौतहटमा बाढीका कारण दुई जनाको मृत्यु
सिमराः अविरल वर्षासँगैे बाढीका कारण रौतहतमा दुई जनाको मृत्यु भएको छ भने डुबानका कारण पाँच हजार भन्दा बढी विस्थापित भएका छन् ।
प्रहरीका अनुसार बाढी तथा डुबानका कारण सोमबारसम्म दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्गाभवानी गाउँपालिका– ४ पचरुखी का ४५ वर्षीय राजकुमार मुखिया रहेका छन् भने परोह नगरपालिका–७ नरकटिया कि १४ वर्षीय बालिका आशाकुमारी साह रहेकी छिन् । बाढीमा परेर ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार अविरल वर्षासँगै गएको बाढीले जिल्लामा एक हजार आठ सय १० घरधुरीमा बसोबास गर्ने पाँच हजार ५९५ जना विस्थापित भएका छन् । बाढीका कारण १३ घर भत्केको विवरण आइसकेको र एक हजार दुई सय ४५ घर डुबानमा परेको जानकारी प्राप्त भएको उनले बताए ।
बाढीका कारण आठ वटा प्रहरी चौकी समेत विस्थापित भएको छन् ।