अमेरिकाको टेक्सासमा प्रवासी नेपाली मञ्चको अन्तर्क्रिया सम्पन्न


रामप्रसाद अधिकारी

१७ आश्विन २०८१, बिहीबार १३:३१

टेक्सास (अमेरिका): प्रवासी नेपाली मञ्च टेक्सास राज्य कमिटीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अध्यक्ष समिक बडाल र नेकपा एमालेका केन्द्रीय सदस्य विन्दा पाण्डेको उपस्थितीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

टेक्सास राज्यको फर्टवर्थस्थित मन्त्र रेष्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको थियो । टेक्सास राज्य कमिटीका अध्यक्ष राजु नेपालको अधयक्षतामा सम्पन्न कार्यक्रममा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै बडालले नेपालमा उद्धमशिल शिक्षा नभएका कारण शैक्षिक प्रमाणपत्र बोकेर बर्षेनी हजारौं नेपाली बिद्यार्थी विदेशीनु परेको बताउँदै बिद्यार्थीहरुको विदेश पलायन रोक्न शिक्षा नीतिमा सुधार गनुको विकल्प नरहेको बताए ।

नेपालमा अवको शिक्षा नीति कस्तो हुनु पर्छ भनेर अनेरास्ववियुले बहस थालिसकेको बताउँदै बडालले त्यसका लागि अन्तर्राष्ट्रिय अभ्यास, विभिन्न अन्तर्राष्ट्रिय विद्यार्र्थी संगठनसँग सहकार्य र सन्जाल निर्माण गर्ने काम भईरहेको बडालको भनाई थियो ।
कार्यक्रमा प्रवासी नेपाली मञ्च अमेरिकाका उपाध्यक्ष गोकर्ण थापा, जनक राना, केन्द्रीय सदस्य भुवन अधिकारी, पूर्वअध्यक्ष लक्ष्मण घिमिरे, कमिटीका पदाधिकारी, सदस्यको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्