पर्साका दुई सरकारी कार्यालयमा स्तनपान कक्षको शुभारम्भ


eShilalekh

१७ आश्विन २०८१, बिहीबार १३:५०

सिमराः पर्साका दुई सरकारी कार्यालयमा स्तनपान कक्षको बुधबार शुभारम्भ गरिएको छ ।

वीरगन्ज लेडिज सर्कल–३ का महिलाहरुको सहयोगमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निर्माण गरिएको स्तनपान कक्षको शुभारम्भ गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा निर्माण भएको स्तनपान कक्षको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले गरेका हुन भने जिल्ला प्रहरी कार्यालयमा निर्माण भएको स्तनपान कक्षको उद्घाटन पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले गरेका हुन् ।

करिब एक लाखको लागतमा स्तनपान कक्ष निर्माण भएको वीरगन्ज लेडिज सर्कल–३ का अध्यक्ष खुश्बु सिंघानियाले जानकारी दिईन् । कार्यालयमा आउने महिलाहरुले बालबालिकालाई स्तनपान गराउनकालागि सहज वातावरण बनाउन स्तनपान कक्ष निर्माण गरिएको उनले बताईन् ।

जिल्लाकै बढी चाप हुने उक्त कार्यालयहरुमा आउने महिलाहरुले स्तनपान गराउन समस्या भएको देखिएपछि स्तनपान कक्ष निर्माण गरी महिलाहरुलाई सुबिधा उपलब्ध गराईएको अध्यक्ष सिंघानियाले बताईन ।

प्रतिक्रिया दिनुहोस्