साना किसान कृषि सहकारी मनहर्वाको २२ औं साधारणसभा सम्पन्न, अध्यक्षमा खड्का निर्वाचित


eShilalekh

१७ आश्विन २०८१, बिहीबार १५:४६

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मनहर्वा स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नयनकला खड्को अध्यक्षतामा १३ सदस्य संचालक समिति निर्वाचित गरेको हो ।

बुधबार कलैया उपमहानगरपालिका वडा नं.२ स्थित अमर मावि दोहरीमा सम्पन्न सभामा उपाध्यक्षमा श्यामता कुमारी र सदस्यहरुमा विनिता गौतम् ,शुभद्रा देवी भण्डारी, तिलेसरी थरुनी, संचराम थिङ्ग, चम्पा देवी,चुनपती देवी राउत कुर्मी, सिला चौधरी, सबनम चौधरी,रजनी कुमारी देवी चमैन ,सोनम कुमारी मण्डल र नन्दनी चौधरी निर्वाचित भएका हुन् ।

यस्तै सुनिता सापकोटाको संयोजकत्व सविता चौधरी र सन्जु कुमारी कुशवाह सम्ममीलित ३ सदस्य लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । यसैगरी सभाबाट उत्तरझिंटकैया, कलैया र महेशपुर सेवाकेन्द्र उपसमिति समेत गठन गरिएको संस्थाकी नवनिर्वाचित अध्यक्ष नयनकला खड्काले जानकारी दिईन् ।

संस्थाले उत्कृष्ट ऋण तथा बचत कारोबार गर्ने, दुध उन्पादक र कृषि कार्यक्रममा सक्रिय सहभागी १४ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । तीन हजार ३ सय ४८ जना सदस्यका विचमा करिब ७० करोडको कारोबार गर्दै आएको संस्थाको बार्षिक साधारणसभाले गत आ.व.०८०।८१को मुनाफाबाट शेयर सदस्यलाई १४ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ । योगदानका आधारमा शंरक्षीत पुँजी फिर्ता कोषबाट समेत रकम वितरण गर्ने निर्णय गरेको अध्यक्ष खड्काले जानकारी दिईन् ।

यस अघि बार्षिक साधारणसभाको उद्घाटन संघीय सांसद एवं पूर्व कृषि तथा पशुपंछि विकास मन्त्री ज्वालाकुमारी साहले उद्घाटन गरेकी थिईन् । प्रमुख अतिथि पूर्वमन्त्री साहले जनअपेक्षा पुरा गर्नेगरी पदमा बस्न नपाउँदा धेरै विषय समाधान गर्न नपाएको बताईन् । मन्त्री साहले गत ११ देखी १३ गतेको बर्षा र बाढीले ठुलो जनधनको क्षती गरेको सन्दर्भ केलाउँदै यसबाट किसानमा पर्न गएको असर ब्यवस्थापन र राहतका लागि आफुले पहल गर्ने बताईन् ।

कार्यक्रममा साना किसान कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साह, साना किसान कृषि सहकारी संस्था लि.डुमरवानाका अध्यक्ष प्रदिप सिंह बराल, ईनर्वासिराका अध्यक्ष संजिला खातुन, प्रबन्धक झपेन्द्रराज बराल, भोेक्षडहाका अध्यक्ष विन्दा सिंह, सामाजिक अगुवा पुनदेव प्रसाद रौनियार लगायतको सहभागिता रहेको थियो ।

सभाले अध्यक्षको संस्थागत बार्षिक प्रतिवेदन, लेखा शुपरिवेक्षण समितिको आन्तरिक लेखा शपरिक्षण प्रतिवेदन तथा संस्थाका मुख्य प्रबन्धकले सभामा पेश गरेको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।

कार्यक्रम अध्यक्ष नयनकला खड्काको अध्यक्षता, उपाध्यक्ष फूलकुमारी बस्नेतको स्वागत र संचारकर्मी अनिल कुमार यादव र संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।

निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा,बाराको २२ औं बार्षिक साधारणसभाको अवसरमा बुधबार कार्यक्रम परिषरमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको मिदास अस्पतालसँगको समन्वयमा शिविर आयोजना गरिएको थियो । उक्त शिविरको आयोजक समेत रहेको मिदास अस्पतालका संचालक डा. प्रतिक दासका अनुसार शिविरमा २६५ जनाको स्वास्थ परिक्षण गरी निःशुल्क औषधी समेत प्रदान गरिएको थियो ।

शिविरमा स्वस्थ परिक्षण गर्ने अधिकांसमा सुगर, प्रेसर, ग्यास्टीक र छाला सम्बन्धी समस्या पाईएको थियो । शिविरमा डा. प्रतिक दास सहित डा. शसिकुमार, डा. सरोज कुशवाह, डा. विकास लामा र डा.सुरेश यादव टिमले विरामीको स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्