म परिवर्तन हुँ


eShilalekh

१७ आश्विन २०८१, बिहीबार १६:०९

म परिवर्तन हुँ

म परिवर्तन हुँ खोक्रो समाजको
म परिवर्तन हुँ, डुब्न लागेको मेरो देशको
केही सक्छु भने उदाहरण म
भविष्यको कर्णधार म
परदेशी हुन पल्किएको खुट्टा रोक्ने परिवर्तन
आफ्नै देशमा केही गर्छु भन्ने परिवर्तन
कुरीतिको परिवर्तन,
कुसंस्कारको परिवर्तन
म शोषणको परिवर्तन,
भ्रष्टाचार मेरो शब्दमा छैन
न अत्याचार मेरो डायरीमा
न राजनीति स्वार्थको लागि गर्नेछु
म परिवर्तन तिम्रो निराशपनको
म परिवर्तन तिम्रो स्वार्थपनको
म परिवर्तन हरबार खाएको तिम्रो हारको
मै हुँ परिवर्तन देशले बगाएको बलिन्धारा आँशुको
म आफूबाटै सुरु हुनेछु,
परिवर्तन सबल पक्षको म नै बन्नेछु
म आशा,
म दियो,
म नै हुँ सफलताको टुकी,
म विकास,
म क्रान्ति
म नै हुँ देशको समृद्धि
समाजको म उजेली,
म चम्किने चन्द्रमा ,
म देशको भरोसा
परिवर्तनको नयाँ स्वरुप
म राज्यको आशा
मै त हुँ परिवर्तन तिम्रो मेरो हर बार हारेको शब्दहरूको

अंशु अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा

प्रतिक्रिया दिनुहोस्