सिमलताल बस दुर्घटनाः मृतकका परिवारलाई एक लाखको चेक हस्तान्तरण


eShilalekh

१८ आश्विन २०८१, शुक्रबार १७:३८

सिमराः सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका मृतकको परिवारलाई मधेश प्रदेश सरकारले जनही एक लाखको चेक हस्तान्तरण गरेको छ ।

मृतकका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिएको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिएका छन् ।

मुख्यमन्त्री सिंहले प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सनाखत गरेर पठाएको विवरण अनुसार चेक वितरण गरेको बताए । प्राप्त विवरण अनुसार चार जिल्लाका ३९ जना मृतकका परिवारलाई जनही एक लाख रुपैयाँको दरले चेक हस्तान्तरण गरिएको हो ।

सिमताल दुर्घटनामा परि पर्साका १०, बाराका ६, रौटहटका १९ र सर्लाहीका ४ जनाले ज्यान गुमाएका थिए । करिब तीन महिना पछि मृतकका परिवारलाई चेक हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्