पर्साका आरिफ शेख सुदूरपश्चिम रोयल्समा आबद्ध


eShilalekh

२० आश्विन २०८१, आईतवार १८:०४

सिमराः नेपालका मध्यक्रमका ब्याटर आरिफ शेखलाई सुदूरपश्चिम रोयल्सले १५ लाख रुपैयाँमा खरिद गरेको छ ।

आइतबार भएको अक्सनमा शेखको न्युनतम मूल्य १० लाख रुपैयाँ रहेको थियो । उनलाई खरिद गर्न कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाख रुपैयाँ उनले पाएका हुन् ।

यसका साथै उनि नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्