भेट्रान प्रतियोगिता खेल्दै गरेका गोलरक्षकको मृत्यु


eShilalekh

२२ आश्विन २०८१, मंगलवार १७:५९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया खेल मैदानमा भेट्रान फूटबल प्रतियोगिताको फाइनल खेल्दै गरेका एक गोलरक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई ५ का ४२ वर्षीय अरुणकुमार चौधरी रहेका छन् ।

थारु ११ र वीरगन्ज सिटी भेट्रान क्लबबीच भएको फाइनल खेलका क्रममा अचेत भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको जीतपुरसिमरा ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिए । अचानक अचेत भएका चौधरीलाई सिमरास्थित अल्पाइन अस्पताल हुँदै वीरगन्ज लगिएको थियो ।

थारु ११ टिम बाट खेलेका चौधरी खेलको अन्तिम समयमा मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा अर्का गोलरक्षक भित्र पठाइएको थियो । मैदानबाट बाहिरिएको केही समयपछि टाइब्रेकरमा चलिरहेका बेला चौधरी अचानक ढलेका थिए ।

प्रतिक्रिया दिनुहोस्