उत्कृष्ट प्रहरीको रुपमा प्रहरी नायब निरीक्षक यादव सम्मानित


eShilalekh

३० आश्विन २०८१, बुधबार १४:५१

सिमरा: नेपाल प्रहरीमा कार्यरत प्रहरी नायब निरीक्षक सुभाष यादवलाई ६९औं प्रहरी दिवसको अवसरमा सम्मानित गरिएको छ । यादवलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरिएको हो ।

उत्कृष्ट महिला बालबालिका सम्बन्धि अपराध अनुसन्धानकर्ता पुरस्कारबाट यादव पुरस्कृत भएका हुन् ।

काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजिपी) वसन्त कुवँरले यादवलाई सम्मानित गरेका हुन् ।

बाराको महागढीमाई नगरपालिका–२ बरियापुरका यादव हाल जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्