भन्सार छलिका सामानसहित ट्रक नियन्त्रणमा


eShilalekh

१ कार्तिक २०८१, बिहीबार १६:११

सिमराः पर्सा प्रहरीले ३० लाख मूल्य बराबरको भन्सार छलिका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका–१४ स्थित गण्डकचोकबाट गएराती प्रहरीले ना३ख ५८३३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

बीरगञ्जबाट काठमाण्डौतर्फ जादै गरेको उक्त ट्रकबाट बिल बिजक भन्दा बढीका खाद्यान्न तथा खुद्रा सामान बरामद भएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

बरामद सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्