सखुईका एक स्थानीयको गोठमा आगलागी


eShilalekh

१ कार्तिक २०८१, बिहीबार १६:५१

पुष्पराज खतिवडा

सखुईः कलैया उपमहानगरपालिका २४ स्थित सखुईका एक स्थानीयको घरमा बुधवार राती आगलागी भएको छ । स्थानीय जयनारायण राउत कुर्मीको गोठमा राती १० बजे आगलागी भएको हो ।

आगलागीबाट गोठघरसहित एक लाख २० हजार मूल्यबराबरको धनमाल जलेर नष्ट भएको छ । भुसौलीको आगो गोठमा सल्किदा आगलागी भएको र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको कुर्मीले जानकारी दिए ।

आगलागीमा परी भैसी, पाडाजस्ता पशुचौपाया जलेर घाइते भएका छन् । आगलागीबाट मानविन क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्