वीरगन्जमा एक पुरुषको पेटबाट निकालियो सिसाको बोत्तल


eShilalekh

१ कार्तिक २०८१, बिहीबार १७:२२

सिमराः वीरगन्जका एक पुरुषको पेटबाट सिसाको बोत्तल निकालिएको छ । वीरगन्ज महानगरपालिका १८ भवानीपुरका ४० वर्षीय शिवनारायण साहको पेटबाट एउटा सिसाको बोत्तल निकालिएको हो ।

असोज १३ गते बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा साह उपचारका लागि भर्ना भएका थिए । अस्पतालमा पेटको एक्सरे गर्दा सिसाको बोतल देखिएको थियो । चिकित्सकको टोलीले तत्काल पेटको शल्यक्रिया गरी आन्द्रा काटेर उक्त सिसाको बोतल निकालेका हुन् ।

करिब दुई हप्ता अस्पतालमा भर्ना रहेका साह गत मंगलबार घर फर्किएका छन् । पेटमा सिसाको बोतल कसरी पस्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । वडा प्रहरी कार्यालय श्रीपुरका निरीक्षक श्यामकुमार बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्