रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु
सिमराः रौतहटको गढीमाई नगरपालिका ७ धनहारीमा बुधबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । माधवनारायण नगरपालिका ९ बस्ने विजय सहनीकी पत्नी २४ वर्षीया रिङकुदेवी सहनीको करेन्ट लागेर मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार खेतमा राखेको ठेला ल्याउने क्रममा मेलामा जडान गरिएको विद्युतीय तारबाट करेन्ट लागी उनी घाइते भएकी थिइन् । सहनीलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
शवको शल्यपरीक्षण भईरहेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।