बाराका प्रमुख जिल्ला अधिकारी घिमिरेको गृह मन्त्रालयमा सरुवा
सिमराः बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको सरुवा भएको छ । सहसचिव घिमिरेको गृह मन्त्रालयमा सरुवा भएको हो ।
गृह मन्त्रालयले एकै पटक १७ जना प्रमुख जिल्ला अधिकारी, सहसचिव र उपसचिव स्तरका कर्मचारीहरूको सरुवा गरेको हो । सोक्रममा घिमिरेको गृह मन्त्रालयमा सरुवा गरिएको हो ।
घिमिरेको गृह मन्त्रालयमा सरुवा गरिएपनि उनको स्थानमा को आउने भन्ने तोकिएको छैन । घिमिरे गत माघमा बारा आएका थिए ।
यसैगरी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको पनि सरुवा भएको छ । उनको स्थानमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल आउने भएका छन् । भुसालको नयाँ कार्यस्थल भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय तोकिएको छ ।