पूर्वमन्त्री दुगडको सहयोगमा निर्मित ट्राफिक पोष्टको उद्घाटन


eShilalekh

४ फाल्गुन २०७८, बुधबार १९:००

सिमरा: बाराको पथलैयामा निर्मित ट्राफिक प्रहरी चेक पोष्टको बुधवार उद्घाटन गरिएको छ । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक नान्ती राज गुरुङले पोष्टको उद्घाटन गरेका हुन् ।

मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयको अगाडी निर्माण गरिएको उक्त पोष्ट पूर्वमन्त्री मोतिलाल दुगडले सहयोग गरेका हुन् । दुगडले आफ्नो ७५औं जन्मदिनको अवसरमा पोष्ट निर्माणका लागि सहयोग उपलब्ध गराएका थिए ।

राजमार्गमा गुड्ने सवारी चेकजाँचका लागि खटिदै आएका ट्राफिक प्रहरीको सहजताका लागि निर्माण गरिएको उक्त पोष्ट व्यवस्थित रहेको प्रहरी उपरिक्षक गुरुङले बताए । उद्घाटन कार्यक्रममा प्रहरी नायब उपरिक्षक सन्तुलाल जैसवार, दुगडका प्रतिनिधि अजित मिश्र, शिवजी सिंह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं. १ का वडाअध्यक्ष हिराबहादुर गुरुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक विपिन ओझा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक सुमन कार्की, वडासदस्य रामदास धौजु, डिभिजन सडक कार्यालयका सुरेश यादवलगायतको उपस्थिती रहेको थियो ।

उद्घाटन कार्याक्रममा पोष्ट निर्माणमा सहयोग गर्ने दुगडलाई सम्मान गरिएको थियो । प्रहरी उपरिक्षक गुरुङले दुगडको सम्मानपत्र उनका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्