कृपा दैनिकद्धारा पत्रकारिता पुरस्कारका लागि समिति गठन


eShilalekh

४ फाल्गुन २०७८, बुधबार १९:५३

सिमरा: कृपा दैनिकले आफ्नो वार्षिकोत्सवमा प्रदान गर्दै आएको दुई पत्रकारिता पुरस्कारका लागि समिति गठन गरेको छ । नवजान कल्याण कोषमार्फत प्रदान गरिने पुरस्कारका लागि दैनिकले तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा दैनिकका सम्पादक गोकुल घोरसाईने, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी र दैनिकका कार्यकारी सम्पादक कृष्णउदास खनाल रहेका छन् । वार्षिकोत्सवका अवसरमा दैनिककले ५० हजार राशीको स्वर्गीय उमादेवी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार र १० हजार राशीको चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट संचारकर्मीलाई पुरस्कृत गर्ने गरेको छ ।

कृपा दैनिकले हरेक वर्ष फाल्गुन ४ गते वार्षिकोत्सव मनाउदै आएको छ । समितिले सिफारिस गरेका पत्रकारलाई बैशाख १ गते विशेष कार्यक्रमकाबीच पुरस्कृत गरिने कोषका संचालक एवम् दैनिकका प्रवन्ध निर्देशक कमलकुमार उपाध्यायले जानकारी दिए । दुई कार्यकाल नेपाल पत्रकार महासंघ बाराको अध्यक्ष समेत रहेका उपाध्यायले आफ्नो कार्यकालकै समयमा दुई पुरस्कारको घोषणा गरेका थिए ।

स्वर्गीय उमादेवी दैनिकका निर्देशक उपाध्यायका आमा हुन् भने स्वर्गीय चन्द्रप्रसाद कार्यकारी सम्पादक खनालका बुवा हुन् । उमादेवी र चन्द्रप्रसादको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्