वीरगन्जबाट चरेशसहित तीन जना पक्राउ


eShilalekh

२९ कार्तिक २०८१, बिहीबार १८:२७

सिमराः पर्सा प्रहरीले २२ किलो पाँच सय ग्राम चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ४ हरिहरपुरका २९ वर्षीय मकसुद अन्सारी, २० वर्षीय रामलाल सहनी र भारत बिहार राज्य मोतिहारी जिल्लाका २९ वर्षीय मुकेश कुमार रहेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित भिस्वा होटल अगाडी ना१५प ११५६ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा चरेश जस्तो देखिने पदार्थ फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपक भारतीले जानकारी दिए ।

उनीहरूको साथमा रहेको कालो झोला र सेतो प्लास्टिकको बोराबाट ४५ प्याकेट चरेश भेटिएको थियो । पक्राउ परेकाहरुमाथी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्