प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा धिताल सर्वसम्मत्


eShilalekh

३ मंसिर २०८१, सोमबार १२:३४

क्यानडाः प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सर्वसम्मत् चयन भएका छन् । मञ्चको शनिबार सम्पन्न चौथो अधिवेशनले धितालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मदन अधिकारी, सचिवमा सन्दीप पौडेल, उपसचिवमा कृष्ण पराजुली र बिमला कार्की चयन भएका छन् । यसैगरी सदस्यमा लोक गुरुङ, केपी पन्त, सुदर्शन अधिकारी, सुजन खतिवडा, राजन पाईजा, दुर्गा केसी, अरबिन पौडेल, राजु भट्टराई, रिंकु भट्टराई, प्रकाश ढकाल, दिनेश विष्ट, महेश विष्ट, सुदर्शन सापकोटा, सुरेश भट्टराई, हिमाल अर्याल, तारा लामिछाने, उद्धिम न्यौपानेलगायतलाई चयन गरिएको निर्वाचन मण्डलका सचिव रवीन्द्रराज घिमिरेले जानकारी दिए ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका रिजन इन्चार्ज प्रभुराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा महिला विभाग सदस्य कुन्ती थापा, विभाग उपप्रमुख जानकी कार्कीले सम्बोधन गरेका थिए ।

कार्यक्रममा एनआरएनए आईसीसीका सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, प्रवासी नेपाली मञ्च क्यानडाका सल्लाहकार संयोजक तथा पूर्व अध्यक्ष रमेश थापा, एनआरएनए आईसीसी सदस्य हेमराज पाण्डे, जीपी फाउन्डेसनका अध्यक्ष केपी निरौला, एनबीडीएका अध्यक्ष सुरेश गौतम, समाजसेवी सीता संग्रौला, एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ, महासचिव चन्दा अधिकारी, एनसीएनसीका अध्यक्ष दिनेश खतिवडा, एनसीसीएसका चेयरपर्सन डा.थमनाथ अधिकारी, नेपाल हाउसका अध्यक्ष भूमीराज घिमिरे, पिएनसीसीका चेयर पर्सन केदार बस्नेत, एनसीएचसीका अध्यक्ष लिला भण्डारी, टीएनएससीका अध्यक्ष रवीन्द्र लम्साल, एनपीआरसीका अध्यक्ष नेत्र भट्टराई, व्यवसायी डा.पूर्ण कंडेल, चितवन सोसाइटीका हरी भुसाल, एनआरएनए क्यानडाका पूर्वअध्यक्ष तथा रेडियो संचालक अनिल थापा, नेपाली जनसम्पर्क समितिका सुरेश रजौरे, लाली गुराँस स्पोर्ट्स क्लबका अध्यक्ष क्रीजल केसीलगायतले मन्तव्य राखेका थिए ।

अधिवेशनमा भौतिक रुपमा उपस्थिति हुन नसकेका सदस्यलाई जूममार्फत सहभागी गराईएको थियो । जूममार्फत सहभागी हुनेमा ब्रिटिश कोलम्बियाबाट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति नेपाली लगानी प्रवर्द्धन विभाग सदस्य एवम् एनआरएनए आईसीसी सदस्य भुवन खरेल, राजु भट्टराई, अल्वर्टाबाट सन्दीप पौडेल, अरबिन पोखरेल, रिंकु वाग्लेलगायत रहेका छन् ।

मञ्चका अध्यक्ष विश्वम्भर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बेदनिधी गौतमले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्