झण्डै पाँच लाख मूल्य बराबरको लसुन बरामद
सिमराः पर्साको विन्दावासिनी गाउँपालिका ३ झौवाबाट प्रहरीले पाँच लाख मूल्य बराबरको लसुन बरामद गरेको छ । झौवामा रहेको एक कुखुरा फर्ममा भण्डारण गरी राखेको अवस्थामा प्रहरीले एक सय दुई बोरा लसुन बरामद गरेको हो ।
प्रहरीका अनुसार एक हजार सात सय ८० किलो लसुन बरामद भएको र सो को मूल्य करिब चार लाख ८० हजार ६ सय रहेको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त लसुन बरामद गरेको पर्साका प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिए ।
बरामद लसुन वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।