बारामा फरारको सूचिमा रहेका आठ जना प्रतिवादी पक्राउ


eShilalekh

५ मंसिर २०८१, बुधबार १६:४०

सिमराः बारा जिल्ला अदालतबाट विभिन्न मुद्धामा सजाय तोकिएपनि फरारको सूचीमा रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लागू औषध, चेक अनादर, सवारी दुर्घटना, डाँका, कुटपिट मुद्धामा अदालतबाट कैद तथा नगद जरिवाना तोकिएका प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निजगढ नगरपालिकाका पाँच, कलैया उपमहानगरपालिका, बिश्रामपुर गाउँपालिका र परवानीपुर गाउँपालिकाका एक–एक जना रहेका छन् ।

पक्राउ परेका व्यक्तिलाई बारा जिल्ला अदालतमा पेश गरिएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्