शिवलिङ्ग भत्काउनेलाई कारवाही गर्न माग गर्दै महोत्तरी पिपराका स्थानीयले गरे सडकमा प्रदर्शन
सिमराः महोत्तरीको पिपरा गाउँपालिका ३ शिवचोकस्थित पिपरेश्वरनाथ महादेव मन्दिरको शिवलिङ्ग भत्काएको भन्दै स्थानीय आन्दोलित बनेका छन् । शिवलिङ्ग भत्काउने व्यक्तिलाई कानुनी दायरामा नल्याएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।
आक्रोशित स्थानीयले बिहीबार जनकपुर-जलेश्वर सडकखण्डमा प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण उक्त सडकखण्ड तीन घण्टा अवरोध भएको थियो । स्थानीयद्धारा अवरोध सडक दोषी पक्राउ गर्ने प्रतिवद्धतासहित संचालनमा ल्याइएको महोत्तरीका प्रहरी प्रवक्ता सन्तुलाल जैसवारले जानकारी दिए ।
पिपरेश्वरनाथ महादेव मन्दिरको शिवलिङ्ग बुधवार राती अज्ञात समूहले भत्काएको थियो । शिवलिङ्ग भत्किएको अवस्थामा देखेपछि स्थानीय आक्रोशित बनेका हुन् ।