सात किलो लागूऔषध गाँजासहित वीरगन्जबाट एक पक्राउ
सिमराः पर्सा प्रहरीले सात किलो लागूऔषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार गोपालगञ्ज थाना महमदपुर ग्राम अमरपुराका ६५ वर्षीय गोगल महतो नुनिया रहेका छन् ।
नुनियालाई प्रहरीले वीरगन्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेट नजिकबाट पक्राउ गरेको छ । वीरगन्जबाट रक्सौलतर्फ जाँदै गरेका नुनियालाई शंका लागी जाँच गर्दा झोलामा लुकाएर राखेको गाँजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।
प्रहरी चौकी ईनर्वाका प्रहरीको प्रहरी टोलीद्धारा पक्राउ परेका नुनियालाई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको प्रवक्ता लम्सालले बताए ।