गढीमाई मेलामा मारकले खुल्लारुपमा हतियार बोक्न र प्रदर्शन गर्न नपाउने
सिमराः बाराको गढीमाई मेलामा मार हान्ने मारकले खुल्लारुपमा हतियार बोक्न र प्रदर्शन गर्न नपाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार एक सूचना जारी गर्दै बलि कार्यक्रम अन्तर्गत कुनै पनि व्यक्ति वा मारकले मार हान्ने हतियार तरवार, खुँडा, खुकुरी, चक्कुजस्ता हतियार खुल्लारुपमा बोक्न वा प्रदर्शन गर्न रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीद्धारा जारी सूचनामा त्यस्ता हतियार खुल्लारुपमा प्रदर्शन वा बोकेको पाइएमा कारवाही हुने जनाइएको छ ।