‘एक सर्को, दुनियाँ अर्को’ ल्याउदै गायक पाण्डे

सिमरा: शिवरात्रीलाई लक्षित गर्दै गायक तथा संगितकार विकास पाण्डे नयाँ गित ल्याउने तयारीमा जुटेका छन् । पाण्डेले ‘एक सर्को, दुनियाँ अर्को’ बोलको बजारमा ल्याउन लागेका हुन् ।
आफ्नै शब्द, स्वर र संगीत रहेको उक्त गितको म्युजिक भिडियो समेत आउने भएको छ । पाण्डे यतिबेला सोही म्युजिक भिडियो निर्माणमा व्यस्त छन् । बिएस मेकर टिमले भिडियो निर्माण गरिरहेको पाण्डेले जानकारी दिएका छन् ।
उक्त म्युजिक भिडियाको फस्र्ट लुक समेत सार्वजनिक भईसकेको छ । पाण्डेले गत वर्ष पनि शिवरात्रीलाई लक्षित गर्दै ‘यो पनि शिवको’ बोलको गित बजारमा ल्याएका थिए ।
स्थानिय संचारसंस्थामा समेत आवद्ध पाण्डेले थुप्रै गितमा शब्दसंगीतको काम गरेका छन् । गायक कमल के क्षेत्रीको ‘डबल माया’, भिमफेदी गाईजको प्रस्तुती र देवेन्द्र कार्की स्वरमा रहेको ‘ए सरकार’ लगायत थुप्रै गितमा पाण्डेले काम गरिसकेका छन् ।