गढीमाई मेलालाई लक्षित गर्दै कलैया बजारमा राखियो नेपालको झण्डा


eShilalekh

१० मंसिर २०८१, सोमबार १३:४४

सिमराः गढीमाई मेलालाई लक्षित गर्दै कलैया उपमहानगरपालिकाकाले बजार क्षेत्रमा नेपाल राष्ट्रिय झण्डा राखेको छ । उपमहानगरपालिकाले बजारलाई सुन्दर बनाउन र गढीमाई मेलाको आकर्षण बढाउनका लागि झण्डा राखेको हो ।

उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले झण्डा राख्ने कामको सुरुवात गरेका थिए । सो अवसरमा वडा नं.४ का वडाध्यक्ष रामेश्वर यादव, वडा नं.६ का वडाध्यक्ष रामविश्वासठाकुर, वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख अनिल पाण्डेय, वडा सदस्य शशी दास, राकेश गुप्ता, नगर प्रहरीलगायत उपस्थित थिए ।

मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेला एक महिनासम्म लाग्नेछ । गढीमाईमा मंसिर १७ गतेदेखि २५ गतेसम्म विशेष पूजा हुने हुँदा उक्त समयमा अत्यधिक भिड् लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्