प्रवासी नेपाली मञ्च टेक्सासद्धारा रक्तदान कार्यक्रमको आयोजना, ४० जनाले गरे रगत दान


रामप्रसाद अधिकारी

१० मंसिर २०८१, सोमबार २१:५५

अमेरिकाः प्रवासी नेपाली मञ्च टेक्सासको आयोजनामा अमेरिकाको ड्यालसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । टेक्सास ब्लड डोनर्स अफ अमेरिकासंगको सहकार्यमा आयोजित कार्यक्रममा ४० जनाले रगत दान गरेका छन् ।

कार्टर ब्लड केयरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा महिला पुरुष गरी ४० जनाले रगत दान गरेका थिए । ब्लड डोनर्स अफ अमेरिकाका बरिष्ठ उपाध्यक्ष शिव काफ्लेले बिरामीको उपचारमा रगतको अभाव हुन नदिन प्रवासी नेपाली मञ्चले उदाहरणीय काम गरेको बताए ।

मञ्चको टेक्सास राज्य कमिटीका अध्यक्ष राजु नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोकर्ण दाहाल, युलेश सिटीका उपमेयर टिका पौडेल, एनआरएनए एनसीसीका उपाध्यक्ष नेत्र पाण्डे, एनआरएनए टेक्सासका अध्यक्ष दीपेन्द्र गुरागाईं, एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले, महासचिव बिजय भुषाल, प्रवक्ता किरण पौडेल, मञ्चको टेक्सास राज्यकमिटीका पूर्वअध्यक्ष लक्ष्मण घिमिरे, एनआरएनए टेक्सासकी महिला संयोजक अनु तामाङ, सल्लाहकार सन्देश उप्रेती, मञ्चका नेता जनक राना, भूवन अधिकारीलगायतको उपस्थिती रहेको थियो । रक्तदान कार्यक्रमको सहजीकरण मञ्चका सचिव मनिष जंग थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्