अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित जीवनज्योती प्रथम


eShilalekh

१० मंसिर २०८१, सोमबार २२:३८

सिमराः वीरगन्जमा आयोजित अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा जीवनज्योती माध्यमिक विद्यालय प्रथम भएको छ । आदर्श तेक्वान्दो डोजाङद्धारा आयोजित प्रतियोगितामा जीवनज्योती पाँच स्वर्ण, तीन रजत र ६ कास्यसहित प्रथम भएको हो ।

प्रतियोगितामा चार स्वर्ण, पाँच रजत र एक कास्यसहित आदर्श स्कुल द्धितीय र चार स्वर्ण, दुई रजत र दुई कास्य पदकसहित ब्राईट पब्लिक स्कुल तेस्रो भएको छ । प्रतियोगिताको उत्कृष्ट फाइटर पुरुषतर्फ हेमन्त गुप्ता र महिलातर्फ प्रशंसा गुप्ता घोषित भए ।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, नेपाल तेक्वान्दो संघ मधेशका प्रदेशका महासचिव राजकुमार लामालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा गुरुकुल एकेडेमी, दिल्ली पब्लिक स्कुल, बिकन माध्यमिक विद्यालय, ज्ञानदा एकेडेमी, जीवनज्योती, ब्राईटर पब्लिक स्कुल, जामिया ईमाम बुखारी स्कुल, आदर्श स्कुलका करिब दुई सय खेलाडी सहभागी थिए । सहभागीमध्ये एक सय ४० जना पुरुष र ६० जना महिलाले सहभागिता जनाएको प्रतियोगिता संयोजक एवम् डोजाङ प्रमुख प्रदीप तिवारीले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक रामविनोद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तेक्वान्दो संघ पर्साका अध्यक्ष गणेश श्रेष्ठ, बाराका अध्यक्ष चित्रबहादुर लामा, महेन्द्र आदर्श स्कुलका निर्देशक हरिरत्न तुलाधार, वीरगन्ज महानगरपालिका १० का वडाध्यक्ष सुशिल कानु, सिनियर खेलाडी जय नरेश, राजेन्द्र शाहीको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा प्रमोद ठाकुर, संस्कार साह, पवन शाही, शंकर रखाल मगर, अनिशा दर्लामी मगर, बिनी मोक्तान, सन्दिशा थापा मगरले निर्णायकको भूमिका निभाएका थिए । कार्यक्रमको सहजीकरण सिम्रनकुमारी गुप्ता र पूजा मानन्धरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्