पत्रकार महासंघ बाराको कार्यालयमा समाजवादी प्रेस संगठनको ताला


eShilalekh

१४ मंसिर २०८१, शुक्रबार २०:२०

सिमराः सदस्यताको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ बाराको कार्यालयमा समाजवादी प्रेस संगठन बाराले तालाबन्दी गरेको छ । संगठनका केन्द्रीय सदस्य रमेश सुवेदी र जिल्ला सचिव नरेश गुप्ता नेतृत्वको टोलीले तालाबन्दी गरेको हो ।

नेपाल पत्रकार महासंघको सदस्यताका लागि केही गैरपत्रकारलाई सिफारिस गरेको भन्दै ताला लगाएको संगठनका केन्द्रीय सदस्य रमेश सुवेदीले बताएका छन् ।

क्रियाशील पत्रकारको सदस्यता सिफारिस नगरेर महासंघको विधान विपरित केही गैरपत्रकारलाई समेत सदस्यता दिन सिफारिस गरेकोले तालाबन्दी गर्नुपरेको सुवेदीको भनाई छ । सुवेदीले महासंघको सदस्यता विवाद नटुंगिएसम्म तालाबन्दी नखुल्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्