सिटिजन्स बैंक पथलैया शाखाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
सिमराः सिटिजन्स बैंक इन्टरनेशनल पथलैया शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । पथलैयास्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरेको हो ।
कक्षा ९ देखि ११ सम्मका विद्यार्थीलाई बैंक तथा वित्तिय संस्था सम्बन्धी जानकारी, यसको आवश्यकताका विषयमा साक्षरता कार्यक्रम सम्पन्न गरिएको शाखा प्रवन्धक पुष्पराज भण्डारीले जानकारी दिए ।
यसैगरी बैंकले उक्त विद्यालयलाई एक थान प्रिन्टर समेत हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले विद्यालयलाई प्रिन्टर उपलब्ध गराएको हो । बैंकका मधेश प्रदेश प्रमुख नितेश खड्गी र शाखा प्रवन्धक भण्डारीले प्रिन्टर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जीतपुरसिमरा १ का वडासदस्य राकेश सुब्बासहित विद्यालयका शिक्षक, बैंकका कर्मचारीको उपस्थिती रहेको थियो ।