जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य

सिमरा: नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा जनकपुर बोल्ट्सले १२८ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा शनिवार टस हारेर ब्याटिङको निम्तो पाएको बिराटनगर किङ्सले १९ ओभर सबै विकेट गुमाएर १२७ रन जोडेको हो ।
विराटनगरका ओपनर मार्टिन गप्टिलले एनपिएलको इतिहासमै पहिलो अर्धशतक बनाए । गप्टिलले ४३ बलमा सात चौका र एक छक्काको सहयोगमा ५५ रन बनाए ।
जनकपुरका लागि ललितनारायण राजवंशीले तीन विकेट लिए । किशोर महतो र हर्ष ठाकरले समान दुई विकेट लिए ।
जनकपुर बोल्ट्स जवाफी ब्याटिङमा उत्रिएको छ । कप्तान अनिलकुमार साह र मार्की प्लेयर आशिफ शेख ओपनिङ गर्नेछन् ।