बारा प्रहरीद्वारा ६० किलो चाँदीसहित एकजना पक्राउ


eShilalekh

२३ मंसिर २०८१, आईतवार १६:२३

सिमराः बारा प्रहरीले ६० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुर बस्ने ३६ वर्षीय कर्म साह सोनार रहेका छन् ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा खटिएको  प्रहरी टोलीले प्रदेश ०३–००५ प ३२६ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा एक करोड दुई लाख मूल्य बराबरको चाँदी बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

स्कुटीको खुट्टा राख्ने ठाँउमा फल्स बटम बनाइ लुकाइछिपाइ लगिरहेको अवस्थामा सोनारलाई चाँदीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चाँदीसहित सोनारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक सापकोटाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्