पत्रकार महासंघ बारामा मनोनयन दर्ता सम्पन्न, उपाध्यक्षसहित सात जना निर्विरोध


eShilalekh

२७ मंसिर २०८१, बिहीबार ०७:१७

सिमराः नेपाल पत्रकार महासंघ बारा शाखाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचन अन्तर्गत बिहीबार मनोनयन दर्ता सम्पन्न भएको छ ।

कलैयास्थित पत्रकार महासंघको भवनमा भएको मनोनयनमा २८ जनाले कार्यसमितिको विभिन्न पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएकामध्ये सात जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार उपाध्यक्ष खुल्लातर्फ पन्नालाल दास, उपाध्यक्ष महिलातर्फ प्रियंका दास, सचिवमा पुष्पराज खतिवडा निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी मधेशी सदस्य धिरेन्द्र तिवारी, आदिबासी जनजाति सदस्य धिरेन्द्र पनुहर, समावेशी सदस्य नुन आलम मंसुर, दलित सदस्य शर्मालाल बैठा निर्विरोध भएका छन् ।

कार्यसमितिका सात जना निर्विरोध भईरहदा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा रमेश सुवेदी, श्याम यादव र अनिल तिवारीको उम्मेदवारी परेको हो ।

सहसचिव खुल्लातर्फ ईन्दिप कोईराला र प्रदीप गौतमको उम्मेदवारी परेको छ भने सहसचिव समावेशीमा दुष्यन्त चौधरी र अरुण कुशवाहाले उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष पदमा अनिल पाण्डे र रञ्जन यादवले मनोनयन गराएका छन् ।

खुल्ला सदस्यतर्फ जिउतप्रसाद यादव, प्रलाद तिमिल्सिना, नविन चौधरी, नरेश गुप्ता, रतन टेमानी, नारायण पौडेल, राहुल गुप्ता, रतन टेमानी, प्रभु यादवले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएका मध्ये सात जना खुल्ला सदस्य निर्वाचित हुनेछन् ।

केन्द्रीय परिषद् र प्रदेश परिषद्मा सबै पद निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय परिषद्मा गोकुल घोरसाईने, कमलकुमार उपाध्याय, लक्ष्मी साह, सत्यप्रसाद श्रेष्ठ र भोजराज भट्टराई निर्विरोध भएका छन् ।

प्रदेश परिषद् पदमा श्याम गुप्ता, मनोज साह, सिकेन्द्र साह, लक्ष्मी पाण्डे, भोलानाथ पौडेल, अनिलकुमार साह, श्रीकान्त गुप्ता, रामेश्वर मेहता, गम्भीरा सहनी र पवन यादव निर्विरोध भएको निर्वाचन समितिका संयोजक निमेश तिमिल्सिनाले जानकारी दिए ।

निर्विरोध नभएका पदका लागि मंसिर २८ गते निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्