ब्राउन सुगरसहित बारा र पर्साका चार नेपाली नागरिक रक्सौलमा पक्राउ
सिमराः भारत प्रहरीले ब्राउन सुगरसहित चार नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा जिम्मेवारी सम्हालिरहेको एसएसबी र रक्सौल नकरदेई थाना टोलीले संयुक्त कारबाही गर्दै २७८ ग्राम ब्राउन सुगरसहित चार नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा नितनपुरका रामकिशोर साह कानु, वीरगञ्ज महानगरपालिका– १२ का विशाल कुमार, वडा नं ६ रेशमकोठीका आयुष अग्रवाल, र रामटोलका राजेश प्रसाद यादव रहेका प्रहरीले जनाएको छ ।
चारैजनालाई लागुऔषध नियन्त्रण ऐन (एनडीपीएस एक्ट) अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको छ ।