वीरगञ्जमा युथ फेस्ट प्रतियोगिता आजदेखि शुरू


eShilalekh

५ पुष २०८१, शुक्रबार १७:१८

सिमराः लाइभ इभेन्ट एण्ड म्यानेजमेन्ट वीरगञ्जको आयोजनामा युथ फेस्ट प्रतियोगिता आजदेखि शुरू भएको छ ।

वीरगञ्ज स्थित बिपिसि कलेजको हलमा सो प्रतियोगिता शुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य अनिल रुङ्गटाले रिबन काटेर कार्यक्रमको शुभारम्भ गरेका छन् । यस कार्यक्रमले विद्यार्थीहरुमा पढाइ संगसंगै अतिरिक्त क्रियाकलापको विकास पनि हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथी नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले कार्यक्रम सफलताको शुभकामना दिँदै युथ फेस्ट प्रतियोगिताले विधार्थिरुमा विभिन्न कला र संस्कृतिको विकास हुनेमा आफू विश्वस्त रहेको बताए । उनले यस्ता कार्यक्रमहरु निरन्तर रूपमा गरिरहन पनि आग्रह गरे ।

आजदेखि शुरू भएको यो प्रतियोगिता ३ दिनसम्म चल्ने लाइभ इभेन्ट एण्ड म्यानेजमेन्टका आकाश चौहानले जानकारी दिए । यस प्रतियोगितामा नेशनल इन्फोटेक कलेज, सिद्धार्थ सेकेण्डरी स्कूल, जीवन ज्योति सेकेण्डरी स्कूल, माइस्थान विद्यापीठ विधालय , मुनलाइट स्कूल, श्री शारदा सेकेण्डरी स्कूल, ज्ञान्दा एकेडेमी स्कुल, ब्राइट पब्लिक स्कूल, अल्पाइन सेकेण्डरी स्कूल, सनलाइट सेकेण्डरी स्कूल, एसआर ग्यालेक्सी सेकेण्डरी स्कूल, एमईएस स्कूल लगायत १२ वटा विद्यालयहरूको सहभागीता रहेको छ ।

प्रतियोगिता संस्थाका अध्यक्ष विकास चौहानको अध्यक्षतामा शुरू भएको हो । कार्यक्रममा निर्णायकको भूमिकामा वरिष्ट साहित्यकार धुरुप सिंह ठकुरी र सञ्चारकर्मी राजन रौनियार रहेका छन ।

प्रतिक्रिया दिनुहोस्