मानव अधिकार एलायन्सको जीतपुरसिमरा नगर कमिटी गठन


eShilalekh

५ पुष २०८१, शुक्रबार २०:३८

सिमरा: नेकपा एमाले निकट मानव अधिकार सामाजिक न्याय मञ्च (मानव अधिकार एलायन्स) को जीतपुरसिमरा नगर कमिटी गठन भएको छ । सिमरामा शुक्रबार सम्पन्न भेलाले नवीन मैनालीको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा राजेन्द्र जमकटेल, सचिवमा नुरेन अंसारी, कोषाध्यक्षमा अनिता क्षेत्री रहेका छन् । भेला नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेलको प्रमुख अतिथ्यतामा सप्पन्न भएको थियो ।

भेलालाई सम्बोधन गर्दै नेता पौडेलले समाजमा भएका विकृति र विसंगतिका विरुद्धमा एलायन्सले आवाज उठाउनुपर्ने र पीडितलाई न्याय दिलाउन भूमिका खेल्नुपर्ने बताए । समाजमा भइरहेको विभिन्न किसिमका हिंसा रोकथाम र न्यूनीकरणका लागि पनि एलायन्सले सक्रियताका साथ काम गर्नुपर्ने बताए ।

एलायन्सका बारा जिल्ला अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य सुन्दर विक, प्रदेश कमिटी सदस्य एवम् जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ, वडा नम्बर ७ का वडाध्यक्ष सुनिल गुप्तालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्