महोत्तरी कारागारमा हृदयघातबाट थुनुवाको मृत्यु
सिमराः महोत्तरी कारागारमा एक थुनुवाको हृदयघातबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका ७ का ३० वर्षीय निशाज सुनुवार रहेका छन् । लागूऔषध दुव्र्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो ।
जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असहज महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्याइएको थियो । चिकित्सकका अनुसार हृदयघातबाट निजको मृत्यु भएको कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिए ।