दुर्घटनामा ज्यान गुमाएका जीतपुरसिमराका कर्मचारीको परिवारलाई बीमावापतको चेक हस्तान्तरण


eShilalekh

८ पुष २०८१, सोमबार १६:१६

सिमराः सडक दुर्घटनामा ज्यान गुमाएका जीतपुरसिमराका एक कर्मचारीको परिवारलाई सोमबार बीमावापत २५ लाखको चेक हस्तान्तरण गरिएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले मृतक कर्मचारी प्रविणकुमार कर्णको परिवारलाई चेक हस्तान्तरण गरेको हो ।

कर्णको असोज २५ गते मोटरसाइकलको ठक्करबाट ज्यान गएको थियो । कर्ण जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित स्वास्थ्य केन्द्रका प्रमुख थिए ।

इन्स्यारेन्स कम्पनी सिमरा शाखाकी प्रवन्धक रुकुमाया पाख्रिनले कर्णकी पत्नी सीमा कर्णलाई उपमहानगरपालिकाको कार्यालयमा चेक हस्तान्तरण गरेकी हुन् । सीमा पनि उपमहानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा नगर प्रमुख राजन पौडेल, स्वास्थ्य शाखा प्रमुख रवी भाष्करलगायतका कर्मचारी उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्