भूमि अधिकार तथा श्रमिक संगठनको प्रदेश कमिटी बैठक टांगियाबस्तीमा सम्पन्न


eShilalekh

८ पुष २०८१, सोमबार २१:०३

सिमराः नेकपा एमालेको जनसंगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपालको मधेश प्रदेश कमिटीको पूर्ण बैठक सोमबार जीतपुरसिमरा उपमहानगरपालिका १६ टांगियाबस्तीमा सम्पन्न भएको छ ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यता र श्रमिक संगठनका मधेश प्रदेश अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा वरिष्ठ उपाध्यक्ष एवम् नवगठित भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य गुन्जबहादुर खड्का, नेकपा एमाले मधेश प्रदेश कमिटी सचिव मनोज पौडेल, श्रमिक संगठनका महासचिव इन्द्र लामा, केन्द्रीय सदस्य सुनिल लोप्चन, एमाले प्रदेश कमिटी सदस्य ढुण्डिराज उप्रेती, श्रमिक संगठनका केन्द्रीय सचिव एवम् मधेश इन्चार्ज रमेश सापकोटालगायतको उपस्थिती रहेको थियो ।

बैठकको संचालन प्रदेश सचिव प्रदीपकुमार राईले गरेका थिए भने स्वागत मिना देवकोटाले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्