बाराको पालिका तहमा विस्तार हुँदै मानव अधिकार एलाइन्स


eShilalekh

८ पुष २०८१, सोमबार २१:३५

सिमराः नेकपा एमालेको जनसंगठन मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) ले बाराको स्थानीय तहमा संगठन विस्तार गर्न थालेको छ ।

बारामा जिल्ला कमिटी र १६ पालिकामध्ये निजगढमा नगर कमिटी गठन गरेर काम गर्दै आएको मानव अधिकार एलाइन्सले अन्य स्थानीय तहमा समेत संगठन विस्तार गर्न थालेको हो ।

मानव अधिकार एलाइन्सले पछिल्लो पटक जीतपुरसिमरा उपमहानगरपालिका र कोल्हबीमा संगठन विस्तार गरेको छ । जीतपुरसिमरामा नविन मैनाली र कोल्हबीमा पोतमाया लामिछानेको नेतृत्वमा नगर कमिटी गठन भएको हो ।

मैनालीको नेतृत्वमा गठिन जीतपुरसिमराको नगर कमिटीको उपाध्यक्षमा राजेन्द्रप्रसाद जमकटेल, सचिवमा नुरेन अंसारी, कोषाध्यक्षमा अनिता क्षेत्री रहेका छन् । यसैगरी सदस्यमा इम्दाद हुसेन, शालिकराम रेग्मी, प्रदीप बस्ने, मुकेश साह, मनोजकुमार राम, बिशाल साह कानु, कमल चौधरी र सन्तोषप्रसाद कोईराला रहेका छन् । जीतपुरसिमरा नगर कमिटी नेकपा एमाले मधेश प्रदेश कमिटी सचिव मनोज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले गठन गरेको हो ।

यता लामिछानेको नेतृत्वमा गठन गरिएको कोल्हबीको नगर कमिटी उपाध्यक्षमा महालक्ष्मी पनुहर, सचिवमा योगेश चौधरी, कोषाध्यक्षमा पार्वती उप्रेती मैनाली रहेका छन् । यसैगरी सदस्यमा सल्मा भुजेल, रमा रिमाल, वीरेन्द्र चौधरी, वीजेन्द्र चौधरी, उमेश चौधरी, जीवन पोखरेल, बिजय चौधरी चयन भएका छन् ।

यसअघि समिना कंडेलको नेतृत्वमा निजगढ कमिटी र अनिल तिवारीको नेतृत्वमा जिल्ला कमिटी गठन भएर मानव अधिकार एलाइन्सले काम गरिरहेको थियो । मानव अधिकार एलाइन्सले सामाजिक न्याय र समानतामूलक समाज निर्माणका लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्